

तनहुँमै भिजेका र अवसर खोज्न तनहुँ पुगेकाबीचको प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

तनहुँ – गत मंसिर ४ मा आम निर्वाचनमा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि हुन लागेको उपनिर्वाचन अन्तिम चरणमा पुगेको छ । वैशाख १० का लागि मतदानको समय तोकिएको उपनिर्वाचनमा विशेष गरी त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
निवर्तमान सांसद एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्रमा उत्तराधिकारीको रुपमा नेपाली कांग्रेसबाट डा. गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् । तनहुँको विकासका लागि लामोसमयदेखि तनहुँमै बसेर राजनीति गरिरहेका भट्टराई यस अघि नै टिकटका दाबेदार थिए ।
‘नेतै–नेताको जिल्ला’का रुपमा चिनिएको तनहुँमा भट्टराईले टिकट पाउनका लागि रामचन्द्र पौडेलको राष्ट्रपतिको पदस्थापना नै कुर्नुपर्यो । तनहुँका जनताले यसअघि नै डा. भट्टराईलाई सांसदको रुपमा देख्न चाहान्थे । अब उनीहरुको चाहना पूरा गर्ने अन्तिम समय आएको छ ।
एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालको गृहजिल्ला तनहुँ नै भन्ने गरिए पनि तनहुँ उनका लागि अवसरको खोजी गर्ने अर्को स्थान बन्यो । यदि राजनीति नै गर्ने हो भने उनले यसअघिकै निर्वाचनमा तनहुँबाट उम्मेदवारी दिनसक्नुपर्थ्यो ।
तनहुँको आँबुखैरेनी, देवघाट, बन्दीपुर, ब्यासलगायतका क्षेत्रको विकासका लागि गोविन्दले गरेको योगदानको तनहुँका जनताले मूल्यांकन गर्दै वैशाख १० मा गुन लगाउनुपर्ने बेला आएको छ । खानेपानीको अभावमा ‘पानी’ भएर पुगेको तनहुँका जनताले बिर्सिने छैनन् होला भट्टराईलाई ।
भट्टराईसँगै प्रतिस्पर्धामा उत्रिएकामध्ये मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा आएका २ उम्मेदवार तनहुँमा अवसरमा खोज्न आएकाहरु रहेका छन् । एक जना मुलुकै सबैभन्दा सबल संगठन नेपाल प्रहरीको नेतृत्व लिएर अवकाश पाएपछिको जीवनमा ‘बोनश’का रुपमा राजनीति गर्न लागेका छन् भने अर्का एक जना टिकट नपाएपछि पार्टी छाडेर अर्को पार्टीबाट टिकट लिएर तनहुँ पसेका छन् ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालको गृहजिल्ला तनहुँ नै भन्ने गरिए पनि तनहुँ उनका लागि अवसरको खोजी गर्ने अर्को स्थान बन्यो । यदि राजनीति नै गर्ने हो भने उनले यसअघिकै निर्वाचनमा तनहुँबाट उम्मेदवारी दिनसक्नुपर्थ्यो । ६ महिनाकै बीचमा दोस्रोपटक संसदको ढोका खोल्ने प्रयासमा लागेका उनी यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएर संसद प्रवेशको प्रयास गरेका थिए, तर राजधानीका जनताले नपत्याएका उनी दोस्रो प्रयासका लागि तनहुँ लागे ।
छिमेकी जिल्ला गोरखा जन्मे पनि राजधानी र विदेशमै जीवनको अधिकांश समय व्यतित गरेका स्वर्णिम वाग्ले तनहुँका लागि मात्र नभएर नेपालकै लागि पनि पाहुना जस्तै हुन् ।
त्यस्तै अर्का उम्मेदवार स्वर्णिम वाग्ले भने नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियतालाई उपयोग गर्न रास्वपाबाट टिकट लिन पुगे । छिमेकी जिल्ला गोरखा जन्मे पनि राजधानी र विदेशमै जीवनको अधिकांश समय व्यतित गरेका वाग्ले तनहुँका लागि मात्र नभएर नेपालकै लागि पनि पाहुना जस्तै हुन् । भियतनाम ससुराल भएका वाग्लेको कांग्रेस नेतृत्वलाई सत्तोसराप गरेर घन्टीबाट चुनाव जित्छु भन्दै तनहुँ पसेका हुन् ।
अवसरवादी यी दुई प्रतिस्पर्धीसँगै तुलनै गर्न नमिल्ने डा. भट्टराईले तनहुँका सशक्त राजनीतिज्ञ गोविन्दराज जोशीको साथ पाउने देखिन्छ । त्यस्तै तनहुँका लोकप्रिय मानिएका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ गठबन्धनका तर्फबाट तनहुँमा संयोजकको भूमिका निर्वाह गर्दै डा. भट्टराईलाई जिताउन लागि पर्नुले उनको जितका लागि वैशाख १० कुर्नु औपचारिकतामात्र हुनसक्छ ।

