महिलासँग हात नमिलाउदा नागरिकताबाट बञ्चित !


मेड्रिड(एजेन्सी)– जर्मनीमा एक अलग किसिमको नयाँ मामला सार्वजनिक भएको छ । यहाँको एक व्यक्तिले महिलासँग हात नमिलाउदा नागरिकता पाउनबाट बञ्चित हुनुपरेको छ । जर्मनीको एक अदालतले आफ्नो फैसलामा जुन व्यक्तिले महिलासँग हात मिलाउन अस्वीकार गरेको छ, त्यसलाई नागरिकता नदिनु भन्ने आदेश दिएको छ । हात मिलाउन चाहने ती व्यक्ति पेशाले एक चिकित्सक हुन् ।

समाचार अनुसार जर्मनीकी एक महिला अधिकारीले एक व्यक्तिलाई नागरिकताको प्रमाणपत्र दिइरहेकी थिइन् । त्यही समयमा ती महिलाले नागरिकताको प्रमाणपत्र दिँदै ति व्यक्तितिर हात अगाडि बढाइन् । तर ती व्यक्तिले हात मिलाउन अस्वीकार गरे । ती व्यक्ति लेबनानका थिए ।

अदालतले हात मिलाउनु भनेको एक अभिवादनको शैली मानेको छ । ती महिला अधिकारीसँग हात नमिलाउनुले लेबनानी व्यक्तिले महिलालाई सेक्सुअल सिडक्सनको खतराका रुपमा हेरेको जनाइएको छ । अदालतले जर्मनीको संविधान अनुसार लैंगिक समानताको व्यवस्था छ । ४० वर्षका व्यक्ति सन् २००२ मा भाषाको विद्यार्थीका रुपमा जर्मनी आएका थिए र चिकित्सक बने । उनले आफ्नो स्पष्टीकरणमा आफूले पत्नीसँग अन्य कोही महिलासँग संसर्ग नगर्ने प्रतिबद्धता जनाएकाले महिलासँग हात नमिलाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया