बेलायतका प्रधानमन्त्रीलाई सोधियो महिलाको लिंगका बारेमा, दिए जवाफ


काठमाडाैं – बेलायतमा अहिले पारलैंगिक विषयमा चलिरहेको बहसका क्रममा प्रधानमन्त्री ऋषि सुनकले महिलाको लिंग नहुने कुरा बताएका छन् ।

कन्जर्भेटिभहोमसँगको अन्तर्वार्तामा सुनकलाई विपक्षी नेता केर स्ट्रामरको भनाइमा प्रतिक्रिया दिन लगाइएको थियो । स्ट्रामरले ९९.९ प्रतिशत महिलाको लिंग नहुने बताएका थिए । ‘तपाईंको प्रतिशत चाहिँ कति हो ?’ सुनकलाई सोधिएको थियो ।

सुनक त्यो प्रश्न सोधेर हाँसे अनि यसबारेमा दोहोर्‍याएर सोध्दा उनले शत प्रतिशत महिलाको लिंग नहुने बताए ।

‘आफ्नो लिंग परिवर्तन गर्न चाहनेहरूप्रति करुणा र सहिष्णुता हामीले देखाउनुपर्छ,’ उनले बताए ।

‘तर महिलाको अधिकार संरक्षणको विषय आउँदा जैविक लिंग बढी महत्त्वपूर्ण हुन्छ,’ उनले थपे ।

बेलायतमा अहिले लैंगिक कानूनका विषयमा बहस चलिरहेको छ । विशेष लिंगमा जन्मिएको अनि पछि लिंग परिवर्तन गरेको व्यक्तिलाई समान व्यवहार गर्नका लागि कानून बनाइएको हो ।

प्रतिक्रिया