अस्पतालबाटै चन्द्र भण्डारीको शुभकामना सन्देश, ‘छिटै नेपाल फर्किएर थप उपचार गर्छु’ (भिडियोसहित)


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले उपचार क्रममै रहेका बेला नयाँ वर्षको शुभकामना दिएका छन् । ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परि गम्भीर अवस्थाबाट गुज्रिएका डा. भण्डारीको भारतमा उपचार भईरहेकोमा छिटै नेपाल फर्किएर नेपालमै थप उपचार गर्ने जनाएका छन् ।

उनको स्वास्थ्य अवस्थामा सुधार आईरहेको छ । उपचारकै क्रममा रहेका डा. भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक भिडियो सन्देश दिँदै सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना दिएका छन् ।

उनले भिडियो सन्देशमा भनेका छन्,

आदरणीय बुवा आमा दाजुभाई दिदी बहिनीहरु आज हामी स्वदेशमा वा विदेशमा बस्ने नेपालीहरु विक्रम सम्वत् २०८० को उपलक्ष्य नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति समृद्धिको कामना गरिरहेका छौं । त्यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख, शान्ति, समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चहान्छु ।

मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित सहभागी हुन सकिरहेको छैन । तपाईंहरुको माया, सद्भाव र प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, छिटै नै म तपाईंहरुसँग उपस्थित भएर त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु, र यस नर्याँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा

हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धन्यवाद, जयनेपाल ।

गत फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । चन्द्रलाई सोही दिन मुम्बई लगिएको थियो ।

प्रतिक्रिया