तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित


काठमाडौं – सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगन गरिएको छ ।

आज बस्ने भनिएको बैठक स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो ।

तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ । अब बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

 

प्रतिक्रिया