
स्वास्थ्य बिमा कार्यक्रमको दीगोपना देखिएन : महालेखा परीक्षकको प्रतिवेदन
काठमाडौं – महालेखा परीक्षकको प्रतिवेदनले स्वास्थ्य बिमा कार्यक्रमको दीगोपना नदिएको औंल्याएको छ। महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कार्यक्रमको दीगोपना नदिएको औंल्याएको हो।
प्रतिवेदनमा भनिएको छ, ‘कार्यक्रममा यो वर्षसम्म बीमा प्रिमियमबापत रू. ९ अर्ब २ करोड १७ लाख प्राप्त भएकोमा रू. २४ अर्ब ३१ करोड ७१ लाख दाबी भुक्तानी भई रू. १५ अर्ब २९ करोड ५४ लाख ( १६९.५४ प्रतिशत) आम्दानी भन्दा बढी खर्च भएकोले कार्यक्रमको दिगोपना देखिँदैन।
ऐनले परिकल्पना गरेअनुसार सबै नेपाली नागरिक बीमा कार्यक्रममा आबद्ध नभएको तथा आम्दानी भन्दा १६९.५४ प्रतिशत खर्च हुनुले उक्त कार्यक्रम अपेक्षाकृत प्रभावकारी देखिएन।’ बिमा कार्यक्रम दिगो हुने गरी प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
बोर्ड स्थापना भएदेखि हालसम्म ५९ लाख ८८ हजार जना मात्र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। उक्त संख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजारको २०.५३ प्रतिशत हुन आउँछ।



कागजपत्र |
