

मानव तस्करी गर्ने गिरोहलाई कारवाही गर्न माग गर्दै मुख्य सचिवसमक्ष ज्ञापन पत्र

काठमाडौं – नेकपा एकीकृत समाजवादीको भात्रृ संगठन युवा संघ नेपालले अमेरिका पठाइदिने भन्दै ८७५ नेपालीलाई भूटानी शरणार्थी बनाउने राजनीतिक नेतृत्व र गिरोहलाई कारवाही गर्न माग गरेको छ ।
युवा संघ नेपाल वागमति प्रदेश कमिटीले आज सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई ज्ञापन पत्र बुझाउँदै भूटानी शरणार्थीका नाममा नेपालीको मानव तस्करी गर्ने गिरोहलाई कारवाही गर्न माग गरेको छ ।
तेस्रो देशमा पुर्नवास हुन छुटेका शरणार्थीहरुको समस्या सामधान गर्न नेपाल सरकारले २०७६ साल असार १९ गते कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिबेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रतिबेदन तत्काल सार्वजनिक गर्न र कार्यदलका सदस्यमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट छानविन गराउन युवा संघले आग्रह गरेको छ ।

