महासंघको वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास, मतदान समय २ घण्टा पर सर्यो


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भएको छ । बुधबार भएको निर्वाचनबाट ३ जनाले प्रतिस्पर्धा गरेपनि कसैले ५० प्रतिशत मत कटाउन नसकेपछि सहमती गर्ने प्रयास गरेको हो ।

दोस्रो चरणको मतदानका लागि आज दिँसो २ बजे समय तय भएपनि निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पनि पछि धकेलिएको छ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव भएपछि २ बजेदेखि हुने दोस्रो चरणको निर्वाचन कार्यक्रम ४ बजेसम्मका लागि सरिएको छ ।

पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् ।

प्रतिक्रिया