

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
श्रेष्ठ चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिए । उनी कर्पोरेसन मातहतको मोरङ सुगर लिमिटेडको अध्यक्षका रूपमा समेत कार्य गरिरहेका छन् ।
सरकारको आंशिक लगानी रहेको साल्ट ट्रेडिङले देशभर नुन बिक्री-वितरणको एकाधिकार लिँदै आएको छ । कर्पोरेसनले विकट जिल्लाहरूमा सरकारी अनुदान लिएर नुन ढुवानीसमेत गर्दै आएको छ ।

