नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ ।

जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान रोकिएको हो ।

निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।

महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।

 

प्रतिक्रिया