

बाफ रे ! रबिले कमाउँथे अमेरिकामा महिनामै एक लाख डलर ! (भिडियोसहित)

…’मैले अमेरिकामा काम गर्दा हन्ड्रेड थाउजेन्ट एक लाख डलर महिनाको आम्दानी गरेको काम छोडेको अहिले निरन्तर लागेको भए यस्ता करोड करोड भन्दा मैले आफ्नै आम्दानीले करोडौंमात्र नभनौं अमेरिकामा भएका नेपालीहरु मध्ये अहिले टप ५ धनी मान्छेहरुका रुपमा हुन्थें’…
यो भनाई हो आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं पार्टी सभापति रवि लामिछानेको ।
टिकटकमा अहिले भाईरल भईरहेको उक्त भिडियोमा सार्वजनिक अभिव्यक्ति व्यवसायी दुर्गा प्रसाईसँग आफ्ना सांसद ढाका कुमार श्रेष्ठले गरेको बार्गेनिङसँग लक्षित भएको बुझ्न सकिन्छ । सांसद श्रेष्ठले व्यववासी प्रसाईसँग मन्त्री हुनका लागि २ करोड माग गरेको अडियो सार्वजनिक भएपछि अहिले रवि नेतृत्वको पार्टीलाई साख जोगाउन बडो समस्या परेको देखिएको छ ।
‘एकका बदला तीन’ नारासहित चुनावी मैदानमा उत्रिएका रास्वपाका उम्मेदवारलाई ‘भालुको कम्पट’ भईरहेको ‘ढाका–काण्ड’ पछि अब एक लाख डलर काण्ड आउने देखिएको छ ।
@punyagautam_official_99 #punyagautamofficial #rabilamichhane #rameshkharel #swarnimwagle #punyagautam @punyagautamofficial99 @Jaya Kishan Basnet @खड्ग प्रसाद उप्रेति @Apekshya_ Adhikari @KP Sharma Oli
रविले अमेरिकामा रहँदा १ लाख डलर आम्दानी गर्ने गरेको भनाई सार्वजनिक गरिरहँदा उनकै पार्टीका अर्का ‘डलरपति’ स्वर्णिम वाग्ले भने ३१ लाखका लागि फेसबुकमा खाता नम्बर सार्वजनिक गरिरहेका थिए । रविले कमाउने भनेको एक लाख डलर अहिले नेपालीमा रुपान्तरण गर्दा १ करोड ३१ लाख हुने रहेछ । रविले आफ्नो आम्दानी मध्येको १ करोड बाहेकको रकम दिएको भए स्वर्णिमको चुनाव खर्च पुग्ने रहेछ ।
रविको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि अमेरिकामै बस्दै आएका राधाकृष्ण देउजाले अमेरिकी राष्ट्रपतिको वर्षको चार लाख तलब हुँदा रविले कसरी महिनाकै एक लाख कमाउने रहेछन् भने प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म हतपत कोहि कसैलाइ निजी रुपमा उल्लेख गरेर लेखिहाल्ने बोलिहाल्ने मानिस त हैन तर आज चाहिं अलिक अपच भएकोले नबोली रहन सकिन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आज बोल्दा बोल्दै भन्दिनु भएछ कि वहाँले अमेरिकामा एक लाख डलर महिनाको तलव खानुहुन्थ्यो भनेर । आफैंले नसुनेको भए त वहाँले त्यसो भन्नु भयो होला पत्याउने पनि थिएन । तर आफैं अमेरिकामा भएको , यहाँको निम्न उच्च र मध्यम आम्दानीको तथ्याकं पनि जानेको हुनाले मलाइ चाहिं वहाँको भनाइ मिथ्या लागेको छ । आशा छ तथ्यले मलाइ गलत सावित गरोस अनि वहाँलाइ सहि । तर अमेरिकी राष्ट्रपतीको तलब वर्षको चार लाख हुने देशमा रवि लामिछानेले महिनामा एक लाख डलर कसरि कमाउनु भयो त्यो चाहिं जान्न पाउँदा अमेरिका बस्ने धेरैलाइ फाइदै हुँदो हो । मलाइ लाग्छ “ बोलौं त्यति मात्रै जसको सके अर्थ होस तर अनर्थ नहोस !”
रविकै भनाईलाई सत्यता मान्ने हो भने, साँच्चि नै रविबाट पैसाका लागि भ्रष्टाचार नहुने निश्चित छ । रविलाई खासै पैसाको जरुरी नै रहेनछ, रवि कति वर्ष अमेरिका बसेर कति पैसा कमाए त्यो पत्ता लगाउने जिम्मा पाठककै…

