

पार्टीको अनुशासन आयोगलाई सांसद ढाकाले बुजाए लिखित स्पष्टीकरण

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण बुझाएका छन् ।
आयोगले दिएको २४ घण्टाको समयमा उनले स्पष्टीकरण बुझाएका हुन् ।
उनले सार्वजनिक अडियोमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् । श्रेष्ठले पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् ।

