

बीबीसी प्रभावशाली महिला मगर र बस्नेतबीच ‘यौन सम्बन्ध र हिंसा’ विवादको वास्तविकता के हो?

काठमाडौं– बीबीसीले सन् २०२० मा विश्वभरका सय जना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा परेकी नेपालकी सपना रोका मगर र उनलाई बाबु मानेकी बिनयजंग बस्नेतबीच ‘अश्लील सम्बन्ध र हिंसा’को नयाँ विवाद सतहमा आएको छ।
सपनाका बाबुआमा जीतप्रसाद रोका मगर र नानु रोका मगरले बुवा मानेका बस्नेतले यौनहिंसा गर्दै आएको खुलाएपछि विवाद सतहमा आएको हो।
१८ वर्षीया सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। म्याग्दीकी उनी बुटवल हुँदै काठमाडौं आएपछि बस्नेतसँग भेट भएको थियो। योसँगै सपनाले बस्नेतसँग मिलेर वेवारिशे शव व्यवस्थापनको काम थालिन् जसले उनलाई विश्वव्यापी चर्चामा ल्याएको थियो।
यो चर्चासँगै नेपथ्यमा रहेको विषय अहिले सतहमा सपनाका बाबुआमा जीतबहादुर र नानुको बयानले बाहिर ल्याएको हो। उनीहरूले भनेका छन्,‘बिनयले छोरो भन्दै राती सँगै सुत्ने, मालिस गर्न लगाउने काम गर्दथे।’े बस्नेतले सपनालाई यौनहिंसा गरेको उनीहरूको संकेत थियो।
त्यसो त बस्नेतसँगै शव व्यवस्थापनको काममा खटिएका कतिपय युवतीले पनि सपनासँग अनैतिक सम्बन्ध रहेको चर्चा गर्दै आएका थिए। सहमति र असहमतिमा पनि यस्ता सम्बन्ध हुँदै आएको विवरणसहितको बयान इन्टरनेटमा अपलोड गरिएका कतिपय युट्युव भिडिओमा स्पष्ट हेर्न सकिन्छ।
‘बाबुआमा नै मिडियामा आएर यस विषयमा बयान दिएपछि सपनामाथि हिंसा भएको वा विवाद भएपछि यौन सम्बन्ध र विवादको विषय बाहिर आएको हुनसक्छ’, उनलाई चिन्नेहरू भन्छन्। अहिले सपना र बस्नेतको सहकार्य टुटिसकेको छ।
यता बस्नेतले भने संस्थामा अनियमितता गरेर सपना हिँडेको आरोप लगाउँदै आएका छन्। आफूमाथि गलत आरोप लगाएको उनको टिप्पणी रहँदै आएको छ। ‘सपनाले संस्थाको पैसा हिनामिना गरेर हिँडेकी हो, ममाथि गलत आरोप लगाउने चेष्टा भएको छ’, उनले भनेका विवरणहरू सतहमा आएका छन्।
यता सपना रोका मगरले भने ‘सपनाको चाहना समृद्ध नेपाल’ नामको संस्था दर्ता गराई वेवारिशे शव व्यवस्थापनको काम नेपालगञ्जबाट थालेकी छन्। यस विवादका बीच उनले ‘हिजोका दिनमा हन्डर खाँदै नयाँ यात्रा थालेको’ बताए पनि बस्नेतसँगको सम्बन्धका विषयमा भने केही खुलाएकी छैनन्।
मगर र बस्नेतबीचको चर्चा र विवादको विषय भने प्रशासनसम्म पुगिसकेको छैन। मिडियाका विभिन्न फोरममा आरोप प्रत्यारोप भए पनि यस विषयको वास्तविकता के हो भन्ने आधिकारिक रुपमा प्रशासनमा नपुगेको बताइन्छ।

