प्रचण्डको प्रमुख प्रेस सल्लाहकारमा आचार्य नियुक्त


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्यलाई प्रमुख प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रचण्ड सचिवालयमा प्रेसका लागि सूर्यकिरण शर्मा, गोकर्ण भट्ट, मनहरि तिमिल्सिनालगायतको नियुक्ति भइसकेको छ ।

प्रतिक्रिया