

बन्द भएका एयरलाइन्सकाे ९ करोड बढि बक्याैता, कसरी ?

काठमाडौं – नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई उडान सेवा बन्द गरिसकेका एयरलाइन्सहरुले तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी ९ करोड बढि बाँकी रहेको छ ।
प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकहरुलाई तत्काल बाँकी रकम भुक्तान गर्न भनेको हो ।
आन्तरिक उडानका ११ एयरलाइन्सबाट ९ करोड ६८ लाख रुपैयाँ उठान बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्क समेत बुझाउन प्राधिकरणले सञ्चालकहरुलाई निर्देशन पनि दिएको छ ।

