प्रतिनिधि र प्रदेशसभा सदस्यको संख्या घटाउन राष्ट्रियसभा सांसद देवकोटाकाे प्रस्ताव


काठमाडौं – राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आज (सोमबार) राष्ट्रियसभा बैठकमा उनले २७५ प्रतिनिधिसभा सदस्यलाई १६५ र ५५० प्रदेशसभा सदस्यलाई ३३० बनाउन प्रस्ताव गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

“२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन,” उनले भने, “र, १६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ, त्योचाहिँ धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।”

सांसद देवकोटाले काठमाडौंमा धेरै निर्वाचन क्षेत्र भएको बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन सरकारसँग माग गरे ।

 

प्रतिक्रिया