मिटरब्याज पीडित र गृहका प्रतिनिधीबीच वार्ता सुरू


काठमाडौं – मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचको वार्ता सिंहदरबारमा सुरु भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार वार्ता सुरु भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अवधेश कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

प्रतिक्रिया