उठेन सिंहदरवारको फोहोर


काठमाडों – काठमाडौं महानगरपालिकाले देशको केन्द्रबिन्दुकाे रूपमा रहेकाे सिंहदरबारको फोहोर उठाउन छोडेको छ । महानगरपालिकाले आज (अइतबार) देखि फोहाेर उठाउन छोडेको हो ।

महानगरपालिकाले गर्दै आएको कामहरुमा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहले शुक्रबार सामाजिक सञ्जाल मार्फत फोहोर नउठाउने घोषणा गरेका थिए ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं ।

फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो । सिंहदरबारबाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको घिमिरेले बताए ।

परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो

प्रतिक्रिया