प्रधानमन्त्री दाहाल धनगढीमा, आजै काठमाडौं फर्किने


काठमाडाैं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमार्फत धनगढी पुगेका हुन्।

सुदूपरश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी गएका हुन्।

विश्वविद्यालयहरूमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ। उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया