

१६ वर्षपछि पत्रकार डेकेन्द्रको हत्यामा संलग्न पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना पक्राउ गरेको छ ।
दैलेख प्रहरीले पत्रकार थापाको हत्याको १६ वर्षपछि महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।
उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।
डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ ।
१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार थिए ।

