आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

’उनले लेखेका छन्, ‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया