वैद्य र बास्तोलाको पार्टीबीच एकीकरण


काठमाडौं – मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच शुक्रबार पार्टी एकता भएको छ।

काठमाडौंको घट्टेकुलोमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको घोषणा भएको हो।

पार्टी एकता घोषणा सभामा बोल्दै वैद्यले छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एकता प्रक्रियामा आउनुपर्ने बताए। ‘यो पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्प हो,’ उनले भने।

कार्यक्रममा बोल्दै बास्तोलाले अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि एकतामा आउन आग्रह गरेका थिए। उनीहरूले नेकपा मसाल पनि छिट्टै एकता प्रक्रियामा आउने बताएका थिए।

प्रतिक्रिया