नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. सिंह


काठमाडाैं – राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नेपाली नियुक्त भएका छन्।

उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल सम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले एक वर्षका लागि नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यसअघि सिंहले गत महिना नेपालमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली टिमको मेडिकल विभाग हेरेका थिए।

यस्तै उनी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजमा पनि नेपाली टिमको मेडिकल विभागमा थिए। नेपाली क्रिकेट टिममा फिजियो अफिसियल हुने गरेका छन्। चिकित्सकलाई नेपाली राष्ट्रिय टिमको मेडिकल विभागमा नियुक्त गरिएको भने यो पहिलो पटक हो।

प्रतिक्रिया