

राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह

काठमाडौँ – गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शीतल निवास आउजाउ गर्न प्रवेश पत्र लिन आग्रह गरेको छ ।
गृहले आज(शुक्रबार)देखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शीतल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको हो । संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ। सो समारोहमा विभूषित हुनेहरूका लागि गृहले सो प्रवेश पत्र लिन सूचना जारी गरेको हो ।
गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शीतल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

