

सरकार विस्तार गर्न र न्यूनतम साझा कार्यक्रम ल्याउन सरकारले ढिलो गर्यो : सांसद बडू

काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले गठबन्धन बनिसकेपछि पनि यत्ति लामो समयसम्म सरकार विस्तार गर्न र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ गरेको जिकिर गरे ।
बडूले सरकारको अहिलेको प्राथमिकतामा संघीयताको कार्यान्वयन, जर्जर रहेको आर्थिक अवस्था उकास्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउने कुरा पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।
सांसद बडूले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा लैजाँदा धेरै समय लाग्ने भएकाले संसद्बाट नै टुंग्याउने कुरामा सरकार पक्षको जोड रहेको बताए ।

