जापानमा दस जना सवार सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर बेपत्ता


काठमाडौं – जापानमा दस जना सवार रहेको सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर बेपत्ता भएको छ। जापानको कोस्ट गार्डले यसको पुष्टि गर्दै ओकिनावा क्षेत्रमा हेलिकोप्टर बेपत्ता भएको जानकारी दिएको छ।

युएच-६० कलसाइन भएको बहुउद्देश्यीय हेलिकोप्टर बिहीबार स्थानीय समयअनुसार ४:४० मिनेटमा राडारबाट हराएको थियो। ओकिनावा विमानस्थलभन्दा १८ किलोमिटर उत्तरी क्षेत्रमा उक्त हेलिकोप्टर बेपत्ता भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

हेलिकोप्टरको खोजीका लागि चार पानी जहाजहरू पठाइएको र साँझ ६ बजेसम्म मौसम अनुकूल रहेको अधिकारीहरूले जनाएका छन्।

हेलिकोप्टरमा दुई पाइलट, दुई प्राविधिक र छ जना चालक दल सवार रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया