
स्थगित क्याम्पसहरूमा ३० गते स्ववियु निर्वाचन गर्न ४ विद्यार्थी संगठन सहमत
काठमाडौँ । स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसहरूमा चैत ३० गते निर्वाचन गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।
तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।
निर्वाचन हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी सङ्गठनले सहमति जनाएका छन् ।
निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडेर प्रक्रिया अगाडि बढाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ।
स्ववियु निर्वाचन रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि छानबिन गरी अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन सम्पूर्ण पक्षलाई संयुक्त विद्यार्थी सङ्गठनले अनुरोध गरेको छ।



कागजपत्र |
