वैद्य र बास्तोलाको पार्टीबीच एकीकरण हुँदै


काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ ।

भोलि (शुक्रबार) घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो ।

दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।

 

प्रतिक्रिया