
रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएको थियो ।
सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ ।
न्यायाधीश फुयालले अन्तिम क्रममा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा गएपछि रविको मुद्दाको फैसलाको तयारी गरेको हुनसक्ने देखिएको छ।



कागजपत्र |
