

इन्धनको मुल्यसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको साविकको १७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडान अन्तर्गतका वायुसेवाको हवाई भाडा अन्तर्गत ‘फ्युल सरचार्ज’ ५.९ प्रतिशतले घटेको छ ।
सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी सेक्टरको हवाई भाडामा ४४० रुपैयाँ ‘फ्युल सरचार्ज’ घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।
नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ । नयाँ दर अनुसार, सुगम रुटमा प्रति सिट प्रति यात्रुको भागमा ८५ रुपैयाँ प्रति मिनेटको दरले फ्युल सर चार्ज जोडिन्छ । यस हिसाबले एक यात्रुले एक घण्टाको आन्तरिक उडानमा ५ हजार १ सय रुपैयाँ फ्युल–सर–चार्ज तिर्नुपर्छ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।
काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ। यो भाडादर २२ चैतदेखि लागु हुनेछ।
हेर्नुस् भाडादर सूची

