

राष्ट्रपति निर्वाचनमा एक भएको गठबन्धन उपनिर्वाचनमा विभाजित

काठमाडौं – १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । राष्ट्रपति निर्वाचनपछि बनेको ११ दलिय गठबन्धनदहरुले ३ उपनिर्वाचन क्षेत्र मध्ये केही स्थानमा आफ्नै उम्मेदवार बनाएपछि विभापजत देखिएको हो ।
उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दलले साझा उम्मेदवार बनाएपनि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ दिएका छैनन् ।
५ दलले मंगलबार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर गरेका छैनन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ आफ्नै उम्मेदवार उठाएको छ ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचन सँगै लडेको नेपाली कांग्रेससहितको गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेर पुस १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनका लागि ११ दलको सम्मिलित गठबन्ध बनाएका थिए ।

