

संयुक्त राष्ट्र संघका आवासीय संयोजक हानाले प्रधानमन्त्रीलाई बुझाइन् ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले ओहोदाको प्रमाणपत्र बुझाएकी छन्।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्।
उनी हालै नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासी संयोजकमा नियुक्त भएकी थिइन्।

