

तनहुँ- १ मा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

तनहुँ – तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् ।
बैशाख १० गते हुने उपनिर्वाचनका लागि रास्वपाको तर्फबाट बाग्लेले सभापति रवि लामिछानेको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा। रुपक घिमिरे छन् ।
बाग्ले यसघि नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।
यसअघि नेकपा एमालेका तर्फबाट पुर्वआइजी समेत रहेका सर्वेन्द्र खनालले उम्मेदवारी दिएका थिए ।

