


झारखण्डमा प्रहरी र माओवादीबीच भिडन्त, ५ माओवादीको मृत्यु

भारत – भारतको झारखण्ड राज्यस्थित चतरामा प्रहरीसँगको मुठभेडमा पाँचजना माओवादी मारिएका छन् ।
प्रहरीका अनुसार, तीमध्ये दुई नक्सली माओवादीको नाममा २५ लाख भारुको इनाम थियो ।
प्रहरीले उनीहरूबाट दुईवटा एके–४७ राइफल बरामद गरेको छ ।
माओवादीविरुद्धको कारवाही जारी रहेको एएनआई समाचार संस्थाले खबर दिएको छ ।

