रवि कुर्दै स्वर्णिम, आफूले उम्मेदवारी दर्ता गरी तनहुँ हिँडे रवि


तनहुँ — वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नंं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिन लागेका डा. स्वर्णिम वाग्लेले पार्टी अध्यक्ष रवि लामिछानेलाई कुरेका छन् ।

उम्मेदवारी दर्तास्थल दमौली पुगेका वाग्लेले रवि लामिछाने चितवनबाट आइपुगेपछि मात्र उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

रवि चितवनमा उम्मेदवारी दर्ता गरिसकेर तनहुँका लागि हिँडिसकेको जनाइएको छ । रवि पुगेपछि दिउँसो २ बजे उमेदवारी दर्ता गर्ने जनाइएको छ ।

प्रतिक्रिया