रवि लामिछाने चितवनमा मनोनयन दर्ता गरेपछि तनहुँ जाने


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–२ हुने मनोनयन दर्ताका लागि पुग्नेछन् ।

उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर–११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

‘त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’  उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डीपी अर्याल बारा जानेछन् ।

प्रतिक्रिया