पूर्व नासु घिमिरेविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं – बजेटमा करको दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया