उपनिर्वाचनका लागि राप्रपाले छान्याे तीनवटै क्षेत्रका लागि उम्मेदवार


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ २ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया