
बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
धनगढी – बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।
जयथृथ्वी नगरपालिका(९ मा पवनदुत यातायातको सु।प।प्र। ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन वर्षीय बालक बोहरालाई शनिबार सुर्मा गाउँपालिका वडा नम्बर ३ का धनबहादुर बोहराका छोराको बसको ठक्करबाट मृत्यु भएको हो । पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।



कागजपत्र |
