कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् ।

यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् ।

उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएनन् । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्ने भएको छ ।

प्रतिक्रिया