खराब मौसमका कारण उडान प्रभावित


काठमाडौं – आज अचानक मौसम बिग्रियका काराण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का अनुसार दिउँसो २ बजेदेखि बिग्रिएको मौसमले आन्तरिकसँगै केही अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित हुन पुगेको हो ।

हुस्ु र कुहिरोका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिविलिटि कमजोर भएर चीनको ट्यानुफू विमानस्थलबाट काठमाडौंका लागि आएको सिचुआन एयरलाइन्स ल्याण्ड गर्न नसकेर उतै फर्किएको टीआइएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उडान तालिका अनुसार दिउँसो २स्३० मा ल्याण्ड गर्ने समय तालिका भएपनि खराब मौसमका कारण ३स्२४ सम्म आकाशमा नै होल्ड भएर विमान उतै फर्किएको छ ।

सिचुआन एयरलाइन्सले साउथबाट अवतरण गर्न खोजेपनि खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा उतै डाइभर्ट भएको हो । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु समेत समयमा नै उड्न सकेका छैनन् । यता अधिकांश आन्तरिक (डोमेस्टिक) उडान प्रभावित भएकोमा धेरै उडानहरु रद्द भएको सिटौलाले जानकारी दिए । आन्तरिक उडान भने प्राय पुर्ण रुपमा नै राकिएको उनले बताए ।

प्रतिक्रिया