गृहमन्त्री श्रेष्ठले गरे पदबहाली


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबहाली गरेका हुन् ।

पदबहाली पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

‘यो मन्त्रालयको कामलाई परिणामुखी बनाउन म तपाईहरुकै साथमा रहन्छु’, मन्त्री श्रेष्ठको भनाइ छ । पदबहाली कार्यक्रममा गृह मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

प्रतिक्रिया