


कांग्रेसका चार मन्त्री फाइनल !

काठमाडौं – नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल भएको छ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।
जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् ।
यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

