

एन्फाको आपतकालिन कार्यसमिति बैठक शनिबार

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन कार्यसमिति बैठक शनिबार बस्ने भएको छ। एन्फाका महासचिव किरण राईले बिहीबार पत्रचार गर्दै पदाधिकारी तथा सदस्यलाई बैठक आह्वान गरेका हुन्।
‘एन्फाको विधान २०७७ संस्करणको धारा ३९ (९२०) बमोजिम विशेष परिस्थितमा कार्यसमितिको आपतकालिन बैठक तपसिल बमोजिमको मिति, स्थान र समयमा राखिएको हुँदा उपस्थितका लागि निर्देशानुसार अनुरोध गर्दछु,’पत्रमा भनिएको छ।
बैठक शनिबार बिहान ९ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्नेछ। यसअघि एन्फाको पूर्णकालिन बैठक फागुन १७ गते बसेको थियो।

