


उपनिर्वाचनः कांग्रेसबाट तनहुँ–१ मा भट्टराई र चितवन–२ बाट श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं – बैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले तनहुँ–१ गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै बैठकले चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रशकाशशरण महतले जानकारी दिए।

