
मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ – मोदी इनर्जी लिमिटेडको आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ।
आज चैत १६ गते बैंकिङ समयपश्चात् आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ।
मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हो।
मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा. ३, मोदी गा.पा वडा नं. ५, २, ६ र कुश्मा न.पा. ८ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।



कागजपत्र |
