


१० दलीय गठबन्धनको बैठक जारी, के आजै होला त नयाँ मन्त्रीको सपथ ?

काठमाडौं — मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।
आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको एक नेताले बताए ।
प्रचण्डले आज केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलहरूसँग नाम मागेका थिए ।
शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी वान टु वान र समूहगत भेटवार्ता गरिरहेका छन् ।
यसअघि सत्ता साझेदार एकीकृत समाजवादीले ३ मन्त्रालयमा अडान कायम राखेको छ भने मन्त्रीका लागि प्रकाश ज्वाला र बेदुराम भुषालको नाममा निर्णय गरिसकेको छ ।
त्यस्तै प्रमुख घटक नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का नेतृत्व गर्दै सरकारमा जाने निर्णय भइसकेको जनाइएको छ ।

