गठबन्धन निष्कर्षबिहीन, ३ बजे फेरि बैठक बस्ने


काठमाडौं – गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।

बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

‘लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन,’ उनले भने ।

मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ ।

प्रतिक्रिया