

मिटर ब्याजी पीडतसँग गृहमन्त्रालयको टोलीबीच वार्ता, समस्या समाधान गर्ने आश्वसन दिंदै आन्दोलन राेक्न आग्रह

काठमाडौं – गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पारेका थिए ।
सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । ‘यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ’, भेटघाटमा सहभागी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले भने । पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उनले बताए ।
मिटर ब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौं आएका हुन् । सरकारले उनीहरुको समस्या समाधानका लागि गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनलाई संसदमा लैजाने निर्णय गर्न लागेको बताइएको छ ।

