

कोशी नामकरण विवाद : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

विराटनगर – कोशी नामकरणको विरोधमा आज विराटनगरमा भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबी झडप भएको छ ।
प्रदेश १ सरकारले प्रदेशको नाम कोशी राखोसँगै पहिचानसहितको नाम हुनुपर्ने माग गर्दै आएको पक्षधरको आजको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेगरेपछि झडप भएको हो ।
पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । तइस्तै प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।
विरोध प्रदर्शनको क्रममा चैत ५ गते ५ प्रहरीले चलाएको लाठ्ठीबाट गम्मिभर घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

